थप समाचार मेनु

एक वर्षमा खाद्यान्नको मूल्य किलोमै कम्तीमा १० देखि २६० रुपैयाँसम्म बढ्यो

एक वर्षमा खाद्यान्नको मूल्य किलोमै कम्तीमा १० देखि २६० रुपैयाँसम्म बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । 

- विश्वास खबर / शनिबार, चैत २५, २०७९ ०८:३२

शनिबार, चैत २५, एक वर्षमा खाद्यान्नको मूल्य किलोमै कम्तीमा १० देखि २६० रुपैयाँसम्म बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकले पनि महँगी बढेको देखाएको छ । ०७९ माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ ।८८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ ।२४ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ ।१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ ।२२ प्रतिशत छ ।
 यसरी निरन्तरको मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकिएको छ । तर सरकार मौन छ ।
एक वर्षमा चामलको मूल्य किलोमा ४० रुपैयाँसम्म बढेको संघको तथ्यांक छ । ०७८ चैतमा प्रतिकिलो १३५ रहेको लङ ग्रेन बास्मती बढेर १७५ रुपैयाँ, त्रिशूली पोखरेली चामल ९० बाट बढेर १०५ रुपैयाँ र स्टिम सोना चामल प्रतिकिलो ५५ बाट बढेर ६५ रुपैयाँ पुगेको छ । एक वर्षमा ताइचिन चिउराको मूल्य प्रतिकिलो १३० बाट बढेर १७० रुपैयाँ, एनपी रहर दाल १८० बाट बढेर २१० रुपैयाँ, खुर्सानी पाउडर ४७५ बाट बढेर ५५० रुपैयाँ पुगेको छ । जिरा पाउडर ५२५ बाट बढेर ७८० रुपैयाँ, सेतो भटमास १४० बाट बढेर १६० रुपैयाँ, कालो भटमास २०० बाट २८० रुपैयाँ पुगेको छ ।

एक वर्षअघि प्रतिकिलो १६० रहेको काबुली चना बढेर १९५ रुपैयाँ, १०५ रहेको सानो केराउ बढेर २२५ रुपैयाँ, २९० रहेको कैलो तिल बढेर ३१५ रुपैयाँ, ६० रहेको मैदा बढेर ८५ रुपैयाँ र ४८० रहेको जिरा ७४० रुपैयाँ पुगेको छ । यी वस्तुबाहेक दूध र दुग्ध पदार्थको मूल्यमा पनि मनोमानी भाउ छ । सरकारले किसानको मूल्य ८ रुपैयाँ ८६ पैसा बढाउँदा दूधमा उपभोक्ता मूल्य १६ रुपैयाँसम्म बढेको छ । दुग्ध पदार्थमा पनि अचाक्ली मूल्य वृद्धि गरिएको छ । डेरीपिच्छे फरक मूल्य छ । तर अनुगमन भएको छैन । 

आजको बजार मूल्य

संख्या बिवरण-प्रति किलो पुरानो मूल्य १. नं. पुरानो मूल्य २. नं. हालको मूल्य
1 त्रिशुलीको पोखरेली चामल -प्रति किलो 75 70 90
2 स्टिम जिरामसिनो चामल -प्रति किलो 70 0 70
3 लङ्ग ग्रेन वासमति चामल -प्रति किलो 130 120 130
4 स्टिम सोना चामल -प्रति किलो 55 55 60
5 ताइचिन चिउरा -प्रति किलो 140 120 130
6 तराई ताइचिन चिउरा -प्रति किलो 60 0 70
7 म. पा. चिउरा -प्रति किलो 60 0 65
8 मास दाल -प्रति किलो 100 140 170
9 मुंग खोस्टा ठुलो -प्रति किलो 140 130 170
10 मुसुर दाल -प्रति किलो 100 100 150
11 मुंग गेडा -प्रति किलो 140 130 170
12 मुंग छाटा १ नं.-प्रति किलो 140 120 200
13 N.P. रहर दाल-प्रति किलो 110 100 170
14 चना दाल ठुलो-प्रति किलो 140 130 140
15 भुटेको तोरीको तेल -प्रति लिटर 270 220 350
16 कांचो तोरीको तेल -प्रति लिटर 160 140 240
17 भटमास तेल -प्रति लिटर 115 115 220
18 सनफ्लावर तेल -प्रति लिटर 140 125 240
19 डाल्डा ध्यू -प्रति लिटर 125 0 210
20 नेपाली ध्यू -प्रति किलो 700 0 900
21 खोरसानी पाउडर -प्रति किलो 300 250 450
22 जिरा पाउडर -प्रति किलो 500 450 450
23 धनिया पाउडर -प्रति किलो 250 200 250
24 बेसार पाउडर -प्रति किलो 300 250 300
25 चिनी -प्रति किलो 80 0 90
26 सेतो भटमास -प्रति किलो 90 80 130
27 कैलो भटमास -प्रति किलो 110 110 130
28 कालो भटमास -प्रति किलो 180 160 160
29 काबुल चना -प्रति किलो 190 110 140
30 मौसमी चना -प्रति किलो 0 40 140
31 अ फरम चना -प्रति किलो 100 110 110
32 सेतो केराउ -प्रति किलो 65 60 100
33 हरियो केराउ -प्रति किलो 80 70 140
34 सानो केराउ -प्रति किलो 120 90 160
35 राजमा -प्रति किलो 180 140 200
36 सेतो सिमी -प्रति किलो 180 160 180
37 बोडी -प्रति किलो 100 90 160
38 मस्याङ्ग -प्रति किलो 0 100 130
39 कैलो तिल -प्रति किलो 250 250 350
40 सेतो तिल -प्रति किलो 300 225 300
41 कालो तिल -प्रति किलो 0 250 450
42 गहुं -प्रति किलो 45 0 45
43 मकै -प्रति किलो 0 0 45
44 कोदो-प्रति किलो 70 0 75
45 जौ-प्रति किलो 80 0 80
46 मैदा-प्रति किलो 46 0 50
47 आंटा-प्रति किलो 50 0 50
48 सुजी-प्रति किलो 56 0 60
49 मकै पिठो-प्रति किलो 0 0 50
50 चामल पिठो खस्रो-प्रति किलो 45 0 50
51 चामल पिठो मसिनो-प्रति किलो 50 50 60
52 बेसन -प्रति किलो 180 110 160
53 मस्यौरा-प्रति किलो 0 0 150
54 जिरा सुरज-प्रति किलो 440 420 365
55 धनिया गेडा हरियो-प्रति किलो 200 170 200
56 मेथी -प्रति किलो 100 0 180
57 ज्वानो-प्रति किलो 400 0 400
58 गहत-प्रति किलो 0 0 140
59 सेतो चना 0 0 0
60 कांचो बदाम-प्रति किलो 0 0 225
61 मासको छांटा 0 0 200

नेपाल खुद्रा व्यापार संघ

सम्बन्धित तस्बिरहरू

एक वर्षमा खाद्यान्नको मूल्य किलोमै कम्तीमा १० देखि २६० रुपैयाँसम्म बढ्यो
सम्बन्धित समाचार

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्द

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको पनि बताए । आफूले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेको भन्दै उनले आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

‘मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ । बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Read More

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।‘हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्’, उनले भने ।

Read More