जावलाखेल चिडियाखानाको आम्दानी बढ्न थाल्यो
उनको अनुसार सो अवधिमा सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको छ
- विश्वास खबर ,काठमाडौं / आइतबार, बैशाख १७, २०८० १५:५३
- विश्वास खबर ,काठमाडौं / आइतबार, बैशाख १७, २०८० १५:५३
जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको चिडियाखानाका एक अधिकारिले जानकारी दिएका छन ।
चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको छ । उनको अनुसार सो अवधिमा सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको छ । गत आवको सोही अवधिमा पाँच लाख २१ हजार आठ सय ४३ जना पर्यटक मार्फत आठ करोड ६३ लाख नौ हजार सात सय ७० रुपैयाँ आम्दानी भएको थियो ।
चिडियाखानामा प्रत्येक दिन औषतमा पाँच हजारदेखि छ हजार आन्तरिक तथा विदेशी पर्यटक आउने गरेको उनको भनाइ छ ।