थप समाचार मेनु

मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको चेतावनी

  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्

- विश्वास खबर ,काठमाडौं / आइतबार, बैशाख १७, २०८० ११:३२

जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई  सम्बोधन गर्दै   उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् राज्य पिडितहरुको पक्षमा रहेको जनाउदै उहाँले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् ।

‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’

उनले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकारले चालेका कदमलाई उत्साहजनक समर्थन गरेको भन्दै सबै राजनीतिक दल र मधेश प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । 

सम्बन्धित समाचार

रचना रिमाल लेख्छिन्- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर । सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।आइतबार पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

रिमाल नेपाली क्रिकेट सधैँ फलो गरिरहेकी हुन्छिन् । टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपम

बिस्वास खबर । सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।आइतबार पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

रिमाल नेपाली क्रिकेट सधैँ फलो गरिरहेकी हुन्छिन् । टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपमा सहभागी हुने गरेकी छन् ।आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

Read More

स्पेनिस लिगको उपाधि रियल मड्रिडले जित्यो

- विश्वास खबर / आइतबार, बैशाख २३, २०८१

रियल मड्रिड सन् २०२३–२०२४ सिजनका लागि ला लिगाको च्याम्पियन बनेको छ ।

गए राती जिरोनाले बार्सिलोनामाथि ४–२ को जित निकाले पछी रियल च्याम्पियन  बनेको हो ।

ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुको गोलको मद्दतमा कार्लो एन्सेलोट्टीको टोलीले काडिजलाई घरेलु मैदानमा ३–० ले हराएको थियो ।

यो जितसँगै रियलको ३४ खेलबाट ८७ अंक भएको छ ।
हारसँगै बार्सिलोन

हारसँगै बार्सिलोना ७३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ, जुन जिरोनाभन्दा एक अंकले कम हो ।

रियलाले ३६ औं पटक स्पेनिस लिगको उपाधि उचालेको हो ।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा रियलले बायर्न म्युनिखसँग खेल्दै खेल २–२ को बराबरीमा रोकेको छ । 

Read More