आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्रीको शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता
- विश्वास खबर / आइतबार, बैशाख २४, २०८० १०:५०
- विश्वास खबर / आइतबार, बैशाख २४, २०८० १०:५०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज बिहान जारी विज्ञप्तिमा सरकारले विसं २०७३ मा नेपालमा समाचारमूलक पत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको दिन वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । यसपछि हरेक वर्षको वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रुपमा मनाइन्छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा कोशी प्रदेश सरकारले पनि हरेक वर्ष प्रदेशभित्रका क्रियाशील अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’मार्फत सम्मान गर्दै आएको छ र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको जनाएको छ ।