नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, २० रन बनाउँदा २ विकेट गयो
टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
- / मंगलबार, फागुन १५, २०८०
- / मंगलबार, फागुन १५, २०८०
बिस्वास खबर । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।नेपालले २० रन बनाउँदा २ विकेट गुमाइसकेको छ । २.५ ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा दोस्रो विकेटका रुपमा आउट भएका हुन् ।अर्का ओपनर कुशल भुर्तेल रोयल डक भएका थिए । रुबेन ट्रम्पलम्यान बल मिस भएपछि नामिबियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाइदिए।
टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए ।