थप समाचार मेनु

दुई विश्वविद्यालयको एकएक उपकुलपतिका लागि २० जनाको आवेदन

- विश्वास खबर / मंगलबार, चैत २०, २०८० १४:१७

मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १०–१० जना प्राध्यापकले आवेदन दिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपति पदमा निर्धारित समय सीमा भित्र विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दरखास्त पेश गरेका उम्मेदवार मध्ये १० जनाको आवेदन स्वीकृत भएको हो ।
मध्यपश्चिमका लागि
१ । प्राडा कबिप्रसाद पोख्रेल,२ । प्राडा केशर सिंह राना, ३ । प्राडा देवबहादुर खड्का, ४ । प्राडा ध्रुव कुमार गौतम, ५ । प्राडा नन्द बहादुर सिंह, ६ । प्राडा बिनय कुमार मिश्र, ७ । प्राडा भोलानाथ शर्मा घिमिरे, ८ । प्राडा मुकुन्द प्रकाश क्षेत्री, ९ । प्राडा  यम बहादुर कार्की, १० प्राडा शोभाखर कँडेलले आवेदन दिएका छन् ।


त्यसैगरी सुदुरपश्चिमका लागि
१ । प्राडा अक्कल देव मिश्र, २ । प्राडा तारादत्त भट्ट, ३ । प्राडा ध्रुव कुमार गौतम, ४ । प्राडा पदम राज जोशी, ५ । प्राडा  पूर्ण बहादुर चन्द, ६ । प्राडा  भवानी दत्त जोशी, ७ । प्रा यज्ञराज पाठक, ८ ।  प्रा यज्ञराज भट्ट, ९ ।  प्रा राजेशकुमार ठगुराठी,१० ।  प्राडा हेमराज पन्तले आवेदन दिएका छन् ।

गत फागुन ६ गते  पहिलो पटक दलको दवावमा आवेदन लिँदा लिँदै प्रक्रिया स्थगित भएको थियो । स्थगित उक्त प्रक्रिया सत्ता समीकरण  परिवर्तन भएसंग चैत १३ गते पुनः आवेदन माग गरिएको थियो । 

दुवै विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० को दफा ९ को उपदफा (३) बमोजिम विश्वविद्यालय सम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्ययोजना चैत २७ गते कार्यालय समय भित्र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको सचिवालयमा पेश गर्नुपनेछ । 

सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More