थप समाचार मेनु

स्मार्टफोनबाट आँखा जोगाउन चाहनुहुन्छ ?

स्मार्टफोन तथा ल्यापटपमा मानिसहरूको जुन खालको निर्भरता बढिरहेको छ, त्यसले समस्याहरु निम्त्याउनु पनि स्वभाविकै हो ।

- विश्वास खबर / सोमबार, फागुन २९, २०७९ २२:२२

स्मार्टफोन तथा ल्यापटपमा मानिसहरूको जुन खालको निर्भरता बढिरहेको छ, त्यसले समस्याहरु निम्त्याउनु पनि स्वभाविकै हो ।

डिजिटल उपकरणमा लगातार काम गर्दा वा स्क्रिनमा हेरिरहँदा त्यसले आँखामा दबाब बढ्ने, सुख्खा हुने, दृष्टि धमिलो हुनेसँगै टाउको दुख्ने जस्ता समस्या पनि आउँछन् ।

पछि गएर यहीँ समस्या स्मार्टफोन भिजन सिन्ड्रोममा परिणत हुन्छ । जसबाट आँखासँग सम्बन्धित विभिन्न समस्याहरु देखिन थाल्दछन् ।

हुनत स्मार्टफोनको प्रयोगलाई पूर्णरुपमा बन्द असम्भव नै छ । तथापि हामीले केही त्यस्ता उपायहरु अपनाएर स्मार्टफोनकेा सही प्रयोग गर्न सक्छौं जसका कारण स्मार्टफोनले हाम्रो आँखामा कम असर पार्दछ । केही उपाय यस्ता छन् :

ब्राइटनेस सेटिंग्स

स्मार्टफोनको चहकिलोपना अर्थात् ब्राइटनेस त्यस्तो स्तरमा हुनुपर्दछ जसबाट आँखामा जोड नपरोस् । अर्थात् स्मार्टफोनको स्क्रिनको चहकिलोपना न त अत्यधिक हुनु राम्रो हुन्छ, न त अत्यन्तै कम हुनु।

आधुनिक स्मार्टफोनमा ब्राइटनेस तथा अयलतचबकत को सेटिंग्स बिल्टइन हुन जुन वातावरणको उज्यालोको आधारमा समायोजन हुन्छ । त्यसैले त्यसलाई अनावश्यक घटबढ गर्नु हुँदैन र ठिक्क मात्रामा राख्नु पर्दछ ।

अक्षरको आकार बढाउने

स्मार्टफोनको स्क्रिनमा सानो आकारका अक्षरहरु पढ्दा आँखामा दबाब पर्दछ । त्यसैले टेक्स्ट सेटिंग्समा गएर अक्षरको आकारलाई बढाउन सकिन्छ । यसो गरेपछि फोनमा कुनै पनि कुरा पढ्न सहज हुन्छ ।

डार्क मोडको प्रयोग

फोनमा डार्क थीम छनोट गर्नाले अक्षरको रङ सेतो र पृष्ठभूमि कालो बन्दछ । यसो गर्दा आँखामा ब्लू लाइटको एक्सपोजर कम हुन्छ, जसले आँखामा दबाब कम पर्दछ । यसका लागि फोनको डिस्प्ले सेटिंग्समा गएर डार्क मोड छान्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार डार्क मोडलाई राख्न तथा बन्द गर्न पनि सकिन्छ ।

Digital Wellbeing  फिचर

यदि तपाईंले एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ यो फिचरको मद्दतले आफ्नो स्क्रिनटाइम नियन्त्रण गर्न सक्नुहुन्छ । यसले कुनै पनि एपको अत्यधिक प्रयोग रोक्नुका साथै डिभाइसबाट टाढा रहनका लागि समयतालिका बनाउन पनि सकिन्छ । यसमा एप तथा नोटिफिकेसन बन्द गर्ने तथा बच्चाहरुको फोनमा अभिभावकले नियन्त्रण गर्ने सुविधा पनि हुन्छ ।

डिजिटल wellbeing तथा parental control खण्डमा ड्यासबोर्ड, बेडटाइम मोड तथा फोकस मोड लगायतका फिचर उपलब्ध छन् । जसलाई तपाईं आफ्नो आवश्यकता अनुसार सेट गर्न सक्नुहुन्छ । त्यस्तै आइफोन प्रयोगकर्ताले पनि स्क्रिनटाइम फिचरको प्रयोग गर्न सक्दछन् ।

स्क्रिन सफा राख्ने

स्मार्टफोनको प्रयोग गर्दै जाँदा कहिलेकाहीँ स्क्रिन फोहोर हुने गर्दछ । यस्तोमा केवल स्वच्छताको दृष्टिकोणबाट मात्र होइन कि आँखामा दबाब नपरोस् भन्नका लागि समेत स्क्रिनलाई सफा राख्नु आवश्यक हुन्छ । त्यसैले फोनको स्क्रिनको नियमत सफाइ आवश्यक हुन्छ । - एजेन्सी

सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्द

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको पनि बताए । आफूले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेको भन्दै उनले आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

‘मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ । बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Read More

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।‘हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्’, उनले भने ।

Read More