शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा
- biswash media / शनिबार, जेठ २७, २०८० ११:१३
- biswash media / शनिबार, जेठ २७, २०८० ११:१३
नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति अहिले २ खर्ब भन्दा बढीले बचतमा छ । चालु आर्थिक वर्ष २०७९/८० को १० महिना ९जेठ मसान्त०सम्म शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।
यसअघि चैत मसान्तसम्म सोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा साढे ३४ अर्ब रुपैयाँ थप भएको तथ्याङ्कले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ को १० महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा थियो । यस वर्ष वस्तु आयातमा आएको उल्लेख कमी, रेमिट्यान्स र पर्यटन आयमा भएको सुधारको सकारात्मक प्रभाव शोधनान्तरमा देखिएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
(एजेन्सिको सहयोगमा )