थप समाचार मेनु

प्रसाईंविरुद्ध बैंक तथा वित्तीय संस्थाका छाता संगठन एकजुट, कारबाही गर्न माग

नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

- / सोमबार, फागुन ७, २०८०

विश्वास खबर  । बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठनहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जथाभाबी बोल्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले देशभरका बैंक तथा वित्तीय संस्थाहरूले वार्षिकरुपमा ३१ अर्बभन्दा धेरै राजश्व बुझाउँदै आएको बताएका छन् ।

यस्तै, ८२ हजार जनालाई रोजगारी दिएको समेत छाता संगठनहरुद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ‘नेपालको बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूमा  ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरू र १८ लाख भन्दा धेरै कर्जा खाताहरू सञ्चालनमा छन् ।

देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको कुल ग्रार्हस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन गरेका छन् । यस्तै, कुल ग्रार्हस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरू आफ्ना ६ हजार ४४१ शाखाहरूमार्फत देशभर प्रदान गर्दै आइरहेको बताइएको छ । साथै, देशको दूर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरूले २८ लाख भन्दा धेरै स–साना ऋणीहरूलाई ४ खर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रूपान्तरणमा अहम् भूमिका खेलेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरूले ७७ करोड रुपैयाँभन्दा धेरै विविध सामाजिक कार्यहरूमा खर्च गरेका छन् । तर, पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको र सम्बन्धित व्यक्तिलाई कारबाही गर्न माग समेत गरेका छन् ।

सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More