आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासकाे पनि मूल्य बढ्याे
- विश्वास खबर / बिहीबार, माघ १८, २०८० २०:२२
- विश्वास खबर / बिहीबार, माघ १८, २०८० २०:२२
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन बढाएको छ। आज बुधबारदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्याससहित मुल्य समायोजन गरेकाे हाे ।
मुल्य समायोजनअनुसार खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँले मुल्य बढाईएको छ । पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाईएको छ।
बढेको मुल्यअनुसार ग्यास प्रतिसिलिन्डर अब एक हजार ९१० रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोल अब पहिलो बर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ कायम भएको छ। यस अगाडी पेट्रोल पहिलो वर्गमा १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १६६ रुपैयाँ कायम गरिएको थियो।
त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ कायम भएको छ। यस अघि डिजेल र मट्टीतेलको पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम गरिएको थियो।