बैंक तथा वित्तीय संस्थाहरुको जोखिम प्रोभिजन बढ्यो
विश्वास खबर , बैंक तथा वित्तिय संस्थाहरुको खराव कर्जा बढेपछि त्यसबापत गरिने प्रोभिजन रकम पनि बढेको छ ।
- विश्वास खबर / बुधबार, चैत ८, २०७९ १५:३५
- विश्वास खबर / बुधबार, चैत ८, २०७९ १५:३५
विश्वास खबर , बैंक तथा वित्तिय संस्थाहरुको खराव कर्जा बढेपछि त्यसबापत गरिने प्रोभिजन रकम पनि बढेको छ ।चालु आर्थिक वर्ष २०७९८० को माघ मसान्तसम्ममा बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तिय संस्थाहरुले कुल ४५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ जोखिम बापतको व्यवस्थापन (रिक्स प्रोभिजन) गरेका छन् ।
जुन पछिल्लो एक बर्षमा मात्रै बैंक तथा वित्तिय संस्थाहरुको जोखिम बापतको प्रोभिजन रकम १३० प्रतिशतले बढेको छ । जुन गतको आव माघ मसान्तसम्मको तुलनामा २५ अर्ब ६१ करोड १० लाख रुपैयाँले बढी हो ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०७९८० को माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको माघ मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरुले जोखिम बापतका लागि १९ अर्ब ७० करोड २० लाख रुपैयाँ प्रोभिजन गरेका थिए ।
विशेषगरि बैंकहरुको खराव कर्जा बढ्दा यस्तो अवस्था आएको हो । खराव कर्जा बापत बैंकहरुले छुट्टै रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । पछिल्लो समय विभिन्न कारण बैंकहरुको खराव कर्जा बढेपछि प्रोभिजन रकम पनि बढेको राष्ट्र बैंकका एक अधिकारीले बताए । जोखिम बापत गरिने कुल प्रोभिजनमा अधिकांश खराव कर्जा अन्तरगतको प्रोभिजन रहेको छ ।
एजेन्सि