काठमाडौंका लागि टिकट काटेका यात्रुलाई नेपालगन्जमै झारेर जहाज हुम्लाका लागि उड्यो
सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे १४ यात्रु बोकेर काठमाडौंका लागि उडेको थियो ।
- विश्वास खबर / बिहीबार, चैत १६, २०७९ ०८:२४
- विश्वास खबर / बिहीबार, चैत १६, २०७९ ०८:२४
बिहीबार, चैत १६, सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे १४ यात्रु बोकेर काठमाडौंका लागि उडेको थियो । जहाज सवा ११ मै जहाज नेपालगन्जमा अवतरण भयो । काठमाडौंका लागि टिकट काटेका यात्रुलाई नेपालगन्जमै झारेर जहाज हुम्लाका लागि उड्यो ।
यात्रु घोराही उपमहानगरपालिका रत्नपुरकी लक्ष्मी पहराईका अनुसार सीता एयरको सो जहाजले नेपालगन्ज–हुम्ला उडान भर्ने र त्यहाँबाट फर्केपछि मात्र आफूहरूलाई नेपालगन्जबाट काठमाडौं पुर्याउने योजना बनाएको थियो । तर, यात्रुहरूले आपत्ति जनाएपछि बुद्ध र श्री एयरका जहाजबाट उनीहरूलाई काठमाडौं उडाउने व्यवस्था गरियो ।
यात्रुहरूले टरीगाउँबाट काठमाडौं उडानका लागि प्रतिव्यक्ति आठ हजार भाडा तिरेका थिए । तर, नेपालगन्ज झारेर सीता एयरले बुद्ध र श्रीको प्रतियात्रु पाँच हजारमा टिकट उपलब्ध गराएको थियो । यसबीचमा सीताले दाङ–नेपालगन्जको भाडा तीन हजार लिएको छ । सो रकम फिर्ता पाउनुपर्ने यात्रुहरूको माग छ । यात्रुहरू दिउँसो साढे १ बजे मात्रै काठमाडौं पुगेका थिए ।
श्रोत