थप समाचार मेनु

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक

- विश्वास खबर / सोमबार, फागुन २८, २०८० १३:३०

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनासम्मकाे आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हाे ।

सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ ।६ प्रतिशतले र अमेरिकी डलरमा १९ ।१ प्रतिशतले बढेको छ ।

माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५ ।०१ प्रतिशत रहेको छ भने आयात २ ।३ प्रतिशत, निर्यात ७ ।१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १ ।८ प्रतिशतले घटेकोछ ।

कुल विदेशी विनिमय सञ्चिति रु ।१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । नेपाल सरकारको खर्च रु ।६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु ।५६७ अर्ब ४० करोड रहेको छ । 

उच्च गतिको विप्रेषण (रेमिट्यान्स) वृद्धि रोकिँदा माघमा चालु खाताको वृद्धि पनि रोकिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०८१ सुरुबाट नै रेमिट्यान्स उच्च दरमा बढेको र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचत उललेख्य बढेको थियो ।

माघमा शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंककको तथ्यांकले देखाएको छ । पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । गत आव २०७९८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो ।

त्यस्तै, माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५ ।०१ प्रतिशतमा झरेको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७ ।८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २ ।८७ प्रतिशत विन्दुले कमी भएको हो ।

मुलुकको विदेशी मुद्रा सञ्चिति करिब साढे १८ खर्ब रहेको देखिएको छ।

तथ्यांकअनुसार २०८० असार मसान्तमा रु । १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ ।९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा रु । १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८ ।६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ। 

सम्बन्धित तस्बिरहरू

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक
सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More