कतारका राजा आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा
सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- / सोमबार, बैशाख १०, २०८१
- / सोमबार, बैशाख १०, २०८१
बिस्वास खबर , सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणलाई लक्षित गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउन लागेकाले सार्वजनिक बिदा दिन लागेको हो। कतारी राजा थानी दुई दिने राजकीय भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्।
अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्।कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताएका छन्।
राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता हुनेछ। कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।