थप समाचार मेनु

मिटरब्याजले दमादिगी बस्तीका आधा दर्जन घर परिवारको उठिबास !

विराटनगर महानगरपालिकाको कानुन महाशाखामा उजुरी बोकेर आइपुगेका सोही बस्तीका ४८ वर्षीय दिलीपकुमार अमातले ४ वर्ष अगाडि आमा र बाबुको काजक्रिया गर्न र घरखर्च चलाउन भन्दै उनै सुनिलसँग तमसुक बनाएर ४ लाख रुपैयाँ लिए ।

- / बुधबार, फागुन ९, २०८०

विश्वास खबर  ।  विराटनगर महानगरपालिका १८ नम्बर वडाको दमादिगी बस्तीका आधा दर्जन घरपरिवार मिटरब्याजको फन्दामा परेर घरबारविहीन हुने अवस्थामा पुगेका छन् । सोही ठाउँका सुनिल साहले गरिब र निमुखालाई मिटरब्याजमा ऋण दिने र घरबारविहीन बनाउने धन्दा नै चलाएका छन् । जुन धन्दाले सो बस्तीका दर्जनौँ मानिसहरू घरबारविहीन हुने अवस्थामा पुगेको पीडितहरू बताउँछन् । 

विराटनगर महानगरपालिकाको कानुन महाशाखामा उजुरी बोकेर आइपुगेका सोही बस्तीका ४८ वर्षीय दिलीपकुमार अमातले ४ वर्ष अगाडि आमा र बाबुको काजक्रिया गर्न र घरखर्च चलाउन भन्दै उनै सुनिलसँग तमसुक बनाएर ४ लाख रुपैयाँ लिए । त्यसबेला सुनिलले १० कट्ठा जग्गा आफ्नो नाममा (धितो बन्धकी) लिएर मात्रै ४ लाख रुपैयाँ ऋण दिएका थिए ।सुनिलले दिएको मिटरब्याजको ऋणले अहिले अमात सडकमा आइपुगेका छन् । आफूले चार वर्षको अवधिमा ३ लाख रुपैयाँ साहलाई बुझाइसकेको दाबी गर्ने दिलिपको १० कट्ठा जग्गा भने ढिलो गरी पैसा दिएको भन्दै सुनिलले एक वर्ष अगाडि नै बेचिदिए । आफ्नो जग्गा साहले विक्री गरेको दिलिपले एक वर्षपछि मात्रै थाहा पाए । जग्गा बेचिएको थाहा पाएपछि उनी वडाका जनप्रतिनिधिसँग पुगे । त्यहाँबाट पनि पार नलागेपछि उनी विराटनगर महानगरपालिकाको कानुन शाखामा आइपुगेका हुन् । मिटरब्याज धन्दामा लागेका सुनिलले दिलिपलाई अब २२ लाख रुपैयाँ दिएमात्रै जग्गा फिर्ता दिने बताउँदै आएका छन् । 

दमादिगी टोलमा सुनिल साहको मिटरब्याज धन्दाले दर्जनौँ पीडित छन् । सोही ठाउँका ४५ वर्षीय रमानन्द मण्डलले ४ कट्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि २ लाख रुपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई सावा र ब्याज तिरे । तर, सुनिलले अझै ८ लाख रुपैयाँ बुझाएपछि मात्रै चार कट्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । जग्गाको लालपुर्जा सुनिलसँग छ । जग्गाको मूल्य करिब २० लाख छ । आफ्नो जग्गा उकास्न अब ८ लाख बुझाउनुपर्ने भएपछि मण्डल परिवार विक्षिप्त छन् । उनी पनि न्यायको खोजीमा न्यायिक निकायहरू धाइरहेका छन् । रमानन्द र दिलीप उदाहरण हुन् । विराटनगर १८ दमादीगीकै ४७ वर्षीय नारायण साहको सम्पत्ती पनि सुनिलले उसैगरी हडप्ने प्रयास गरिरहेका छन् । सुनिलसँग उनले पनि तीन वर्ष अगाडि ७ लाख रुपैयाँ ऋण लिए । उनले २१ लाख ७ हजार रुपैयाँ तिरेपछि मात्र ६ कट्ठा जग्गा फिर्ता दिए । उनकी आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी अझै लडाइँमा छन् । नारायणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा धितो राखेर सुनिलसँगै एक लाख २५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसकिन् । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् । 

यस्तै विराटनगर–१८ कै ६८ वर्षीय महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कट्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिर सके । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै आएका छन् । ‘ऋण बढिरहेको छ । गरिखाने जग्गा पनि गयो तर ऋण सकिन्न,’ महेशले पनि नगरपालिकाको कानुन शाखामा आएर भने । 

उनीहरूलाई सुनिलले पैसा तिर्न दबाब दिइरहेका छन् । ‘जालझेल र तिकडम कतिसम्म हुँदो रहेछ भन्ने थाहा पाउन यहाँ परेको निवेदनले प्रस्ट्याउँछ’ विराटनगर महानगरपालिका कानुन शाखाकी प्रमुख शारदा थपलिया बताउँछिन् । यसअघि महानगरपालिकामा भएको पटक–पटकको छलफल निष्कर्षमा नपुगेपछि थप कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पठाउने तयारी गरिएको उनले बताइन् । ‘मेयर सावको रोहबरमा धेरै पटक छलफल भयो । नमिलेपछि थप कारबाहीको लागि प्रशासन पठाउने तयारी गरिएको छ,’ उनले भनिन् । सुनिलबाट पीडित भएका आधा दर्जन पीडितहरूले भने जिल्ला प्रशासन कार्यालयमा बुधबार दिउँसो उजुरी दिने जनाएका छन् । 

उता जिल्ला प्रशासन कार्यालय मोरङमा भने हालसम्म  २५० जनाले उजुरी दिएका छन् । जसमध्ये ९७ वटा मिलापत्र गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले जनाए । प्रशासन कार्यालयले दुई दर्जन बढी निवेदन दुवै पक्षबिच सहमति हुन नसकेपछि अदालत पठाएको छ । अन्य उजुरीहरू विचाराधीन छन् । 

 

सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More