नेपाली अमेरिकन कलाकार संघको अध्यक्षमा वसन्ती राई
अधिवेशनको प्रमुख अतिथिमा जगदिश समाल र सभापतिमा निशा सुनार थिए ।
- / सोमबार, माघ २९, २०८०
- / सोमबार, माघ २९, २०८०
विश्वास खबर । नेपाली अमेरिकन कलाकार संघको अध्यक्षमा वसन्ती राई निर्वाचित भएकी छन् । आइतबार अमेरिकाको न्यूयोर्कमा आयोजित संस्थाको पाँचौ अधिवेशनले नृत्यांगना राईलाई अध्यक्षमा सर्वसम्मत चुनेको हो ।
न्यूयोर्कको क्वीन्समा आयोजित अधिवेशन समारोहले राईको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति पनि निर्वाचित गर्यो । वरिष्ठ उपाध्यक्षमा गायक विमल डाँगी, उपाध्यक्षमा नृत्यकार शंकर विसी, अभिनेता बिक्की पुलामी, गायक राजेन्द्र राई, गीतकार मधुर गिरी, मोडल इत्ना कार्की छन् ।महासचिवमा संगीता थापा मगर, सहसचिवमा गायक प्रेम सेञ्चुरी, कोषाध्यक्षमा नवीन श्रेष्ठ, सह-कोषाध्यक्षमा पुष्पा बस्नेत, युवा संयोजकमा दिलिप श्रीश मगर, मिडिया संयोजकमा पुष्कर बराल छन् ।
सदस्यमा वीर घर्ती मगर, माला मेलिशा राई, चिनिलाल श्रेष्ठ, दिनेश सुनार, संगीतकार कुमार थापा छन् । अधिवेशनको प्रमुख अतिथिमा जगदिश समाल र सभापतिमा निशा सुनार थिए । नवनिर्वाचित अध्यक्ष वसन्ती राईले अमेरिकास्थित नेपाली समुदायमा संस्कृति र कला प्रवद्र्धनमा लामो समयदेखि काम गर्दै आएकी छन् ।