थप समाचार मेनु

समाजका बेथिति र भुईमान्छेका समस्या साहित्य मार्फत उजागर

- विश्वास खवर / शनिबार, माघ ६, २०८० १७:५०

विश्वास खवर।
साहित्य शृङ्खलाको २५६औ रचनावाचन तथा २१औ सिर्जना आलोक शृङ्खला सार्वजनिक।
साहित्य शृङ्खलाको नियमित रचनावाचन तथा सृजना आलोक शृङ्खलाको २१औ अङ्क लोकार्पण सम्पन्न भएको छ।
 उक्त कार्यक्रममा सिर्जना आलोकको परिचर्चा संस्थाका पूर्व संयोजक भीम रानाभाटले गर्नुभएको  थियो। विशेषतः सामाजिक वेथिति र भुइँमान्छेका समस्या उजागर गर्ने उदेश्यले प्रकाशनको सुरुवात गरेको आलोकले आफ्नो उद्देश्य पुरा गर्न अझै धेरै मिहिनेत गर्न बाँकी रहेको विचार रानाभाटले व्यक्त गर्नुभएको थियो।उक्त  कार्यक्रममा कवि नुमराज बराल, छविलाल आचार्य,स्ट्रगल राना, अल्पविराम पोखरेली, लक्ष्मीप्रसाद पौडेल, परशुराम कोइराला,नारायण परिश्रमी, दिलिप दोषी वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेल,सन्तोष न्यौपाने, लोकनाथ पुडासैनी आदिले रचना वाचन गर्नुभएको थियो।
रघुनाथ अधिकारीले लेखकले लेखन मात्र होइन लेखन जस्तै व्यवहारमा पनि परपीडक हुनुहुँदैन भन्ने विचार राख्नुभयो।वामपन्थी  चिन्तक रामराज रेग्मीले लेखकले सोचाइ फराकिलो बनाइ, अध्ययनशील बनी आफूलाई पारङ्गत बनाउनुपर्ने धारणा राख्नुभयो।प्राज्ञ नारायण मरासिनीले सम्पादनको कार्य निकै कठिन भएको भन्दै भाव र बिचार नमारी सकेसम्म शुद्धतामा ध्यान दिनुपर्ने बिचार राख्नुभयो।

संस्थाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव काजी गाउँलेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका, उपाध्यक्ष तारा तिमिल्सिनाले अथितिलाई शब्दसुमनद्वारा स्वागत गर्नुभएको थियो।

सम्बन्धित तस्बिरहरू

समाजका बेथिति र भुईमान्छेका समस्या साहित्य मार्फत उजागर
सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More