टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा
- विश्वास खबर / बुधबार, बैशाख १९, २०८१
- विश्वास खबर / बुधबार, बैशाख १९, २०८१
काठमाडौँ, नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो ।
टी–२० विश्वकप क्रिकेट यही जुनजुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाल टी-२० विश्वकप क्रिकेटको समूह 'ए' मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
ब्याटर्स्
रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, सन्दीप जोरा
विकेट किपर्
आसिफ शेख, अनिलकुमार साह,
अलराउन्डर
कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, कमलसिंह ऐरी
बलर
ललित राजवंशी,, प्रतिस जिसी,अविनाश बोहरा, सागर ढकाल