थप समाचार मेनु

लगातार घट्दै २ हजार अङ्कको बिन्दुबाट तल झर्‍यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ ।

- / मंगलबार, बैशाख ४, २०८१

बिस्वास खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ । आज पनि १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ अङ्कमा आइपुगेको छ । यो नेप्से परिसूचकमा आज आएको ०.७३ प्रतिशतको गिरावट हो ।

यसअघि चैत महिनाको २८ गते नेप्से परिसूचक १०.३० अङ्कले घटेको थियो । त्यसअघि चैत २७ र चैत २५ गते मात्रै नेप्से परिसूचक बढेको थियो । नयाँ वर्ष २०८१ साल सुरु भएपछि कारोबार भएका सबै दिनमा पनि परिसूचक लगातार घटेको छ ।

चैत २८ गते १० अङ्कले घटेको नेप्से परिसूचक आइतबार २ अङ्क र सोमबार १६ अङ्कले घटेको थियो । आज १४ अङ्कले घटेको दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २०० कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । यस क्रममा आज २ अर्ब १० करोड रुपैयाँ बराबरको ५४ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।यस क्रममा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।  एसबीएल डिबेञ्चर २०८९ र गुर्खास फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता रुरु जलविद्युत परियोजनाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

परिसूचक घट्दा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ७८ अङ्कले घट्दा जीवन बीमा समूहको सूचक ५५ अङ्कले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३८ अङ्कले घट्दा व्यापार समूहको सूचक २३ अङ्कले घटेको छ । यी बाहेक अरु सबै समूहमा समेत गिरावट आएको छ ।सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको दिन गुर्खास फाइनान्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि सूर्यज्योति जीवन बीमा कम्पनीको ७ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ ।एजेन्सी

सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More