थप समाचार मेनु

प्रदेशको नाम परिवर्तनका लागि कोशी सरकार र पहिचानवादी सहमत

- विश्वास खबर / शुक्रबार, माघ २६, २०८० १6:३6

 कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज सम्पन्न दुवै पक्षबीचको वार्तामा संविधानसम्मत प्रक्रियाबाट प्रदेशको नाम फेर्न राजनीतिक पहल गर्नेसहित पाँच बुँदे सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिनुभयो ।

पहिचान पक्षधरहरूले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते अगाडि दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताउनुभयो ।

प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेदेखि नै पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन् । पटक पटक विराटनगरमा प्रदर्शन गर्दै आएका पहिचान पक्षधरहरूले प्रदेशका विभिन्न जिल्लामा नेताहरूमाथि आक्रमणसमेत गर्दै आएका छन् । प्रदर्शनका क्रममा झडप हुँदा पहिचान पक्षधरका एक जना प्रदर्शनकारीको ज्यान पनि गइसकेको छ ।

(श्रोत : उज्यालो अनलाईन )

सम्बन्धित समाचार

रचना रिमाल लेख्छिन्- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर । सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।आइतबार पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

रिमाल नेपाली क्रिकेट सधैँ फलो गरिरहेकी हुन्छिन् । टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपम

बिस्वास खबर । सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।आइतबार पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

रिमाल नेपाली क्रिकेट सधैँ फलो गरिरहेकी हुन्छिन् । टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपमा सहभागी हुने गरेकी छन् ।आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

Read More

स्पेनिस लिगको उपाधि रियल मड्रिडले जित्यो

- विश्वास खबर / आइतबार, बैशाख २३, २०८१

रियल मड्रिड सन् २०२३–२०२४ सिजनका लागि ला लिगाको च्याम्पियन बनेको छ ।

गए राती जिरोनाले बार्सिलोनामाथि ४–२ को जित निकाले पछी रियल च्याम्पियन  बनेको हो ।

ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुको गोलको मद्दतमा कार्लो एन्सेलोट्टीको टोलीले काडिजलाई घरेलु मैदानमा ३–० ले हराएको थियो ।

यो जितसँगै रियलको ३४ खेलबाट ८७ अंक भएको छ ।
हारसँगै बार्सिलोन

हारसँगै बार्सिलोना ७३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ, जुन जिरोनाभन्दा एक अंकले कम हो ।

रियलाले ३६ औं पटक स्पेनिस लिगको उपाधि उचालेको हो ।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा रियलले बायर्न म्युनिखसँग खेल्दै खेल २–२ को बराबरीमा रोकेको छ । 

Read More