थप समाचार मेनु

सेन्सर बोर्डलाई चलचित्र निर्माता संघको सातबुँदे सुझाव, ‘प्रमाणीकरण बोर्ड’ नाम राख्न आग्रह

पछिल्लो समय चलचित्र जाँचपास भइसकेपछि समितिबाट उक्त सिनेमाको विषयमा गरिएको टिप्पणीले चलचित्रको सार्वजनिक प्रदर्शनमा असर परिरहेको र निर्मातालाई आर्थिक तथा मानसिक समस्या उत्पन्न हुने खतरा भएकाले संशोधन गर्नुपर्ने सुझाव संघको छ ।

- / आइतबार, फागुन १३, २०८०

बिस्वास खबर  । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को प्रस्तावित कार्यविधिमा आपत्ति जनाउँदै चलचित्र निर्माता संघले सातबुँदे सुझाव पेश गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बुझाइएको पत्रमा सुझाव र संशोधन गर्नुपर्नाको कारण उल्लेख गरिएको छ ।कार्यविधिको नाम ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ को नाम परिवर्तन गरेर ‘चलचित्र प्रमाणीकरण सम्बन्धी कार्यविधि २०८०’ राख्न सुझाइएको छ । चलचित्र हेरेर प्रमाणीकरण गर्ने प्रावधान विश्वव्यापी रहेकाले उक्त नामाकरण गर्दा उचित हुने निर्माता संघले सुझाएको छ ।

चलचित्र महोत्सवमा प्रदर्शन हुने फिक्सन वा नन-फिक्सन चलचित्रलाई प्रदर्शन प्रमाणीकरण गरिराख्नुपर्ने आवश्यक नभएको तर त्यस्ता महोत्सवमा भाग लिन जाने चलचित्रको पूर्वजानकारी बोर्डलाई दिनुपर्ने सुझाव संघको छ ।चलचित्र विकास बोर्डबाट चलचित्र निर्माणको इजाजत पत्र लिइसकेपछि अन्य कुनै पनि सरकारी निकायको अनुमति पत्र लिनु नपर्ने तर निजी संस्थाको हकमा भने त्यस्ता संस्थाको व्यक्तिगत सम्पत्तिको स्वीकृति लिएर प्रयोग गर्नुपर्ने सुझाव छ । थप सरकारी अनुमति लिनुपर्ने परिपाटीले चलचित्रमा बाह्य हस्तक्षेप हाबी हुन गई चलचित्र निर्माणजस्तो सिर्जनशील काममा बाधा र व्यवधान उत्पन्न भई स्रष्टा र सर्जकलाई आर्थिक तथा मानसिक समस्या उत्पन्न हुने संघको तर्क छ ।

फिल्ममा ‘डिस्क्लेमर’ राख्नुपर्ने भएमा सुरु हुनुपूर्व राख्नुपर्ने र फिल्मको बीचबीचमा दृश्यपिच्छे राख्न नपर्ने सुझाव संघको छ । दर्शक र पर्दाबीचको मनोवैज्ञानिक सम्बन्धलाई असर पुग्ने भएकाले संशोधन गर्नुपर्ने तर्क संघको छ ।चलचित्र प्रमाणीकरण गराउने व्यक्ति वा संस्था जिम्मेवार हुनुपर्ने संघको सुझाव छ । चलचित्र प्रमाणीकरणको लागि निवेदन दिएपछि समितिले तोकेको समय र स्थानमा चलचित्र प्रमाणीकरण गराउनुपर्ने, समितिका सदस्य चलचित्र प्रमाणीकरणको लागि उपस्थित भइसकेपछि विविध कारणले चलचित्र प्रमाणीकरण गराउन नसकेमा सो अवधिको सम्पूर्ण जिम्मेवारी चलचित्र प्रमाणीकरण गराउने व्यक्ति वा संस्थाले लिनुपर्ने, चलचित्र प्रमाणीकरण गर्ने समितिले प्रमाणीकरण गरिएको चलचित्र सार्वजनिक प्रदर्शन नहुन्जेलसम्म उक्त चलचित्रको गोपनीयतालाई कायम राख्नुपर्ने अन्यथा उक्त चलचित्रको गोपनीयता भंगबाट उत्पन्न हुने हरकिसिमको जिम्मेवारी समितिले लिनुपर्ने सुझाव पेश गरिएको छ ।

पछिल्लो समय चलचित्र जाँचपास भइसकेपछि समितिबाट उक्त सिनेमाको विषयमा गरिएको टिप्पणीले चलचित्रको सार्वजनिक प्रदर्शनमा असर परिरहेको र निर्मातालाई आर्थिक तथा मानसिक समस्या उत्पन्न हुने खतरा भएकाले संशोधन गर्नुपर्ने सुझाव संघको छ ।चलचित्र प्रमाणीकरण बोर्डले चलचित्रको प्रमाणीकरण गरेको निर्णय निर्मातालाई चित्त नबुझेमा निर्माताले आफ्नो अधिकारको लागि उक्त निर्णय पुनरावलोकन गर्नका लागि बोर्ड समक्ष अपील गर्न सक्नेछ । निर्माताले अपील गरेको मितिदेखि बढीमा पाँच दिनभित्रमा बोर्डले सुनुवाइ गरी निर्णय गर्नुपर्ने सुझाव संघको छ ।

‘चलचित्र जाँचसम्बन्धी कार्यविधिको सम्बन्धमा यस संघको गम्भीर असन्तुष्टि रहेको हुँदा उक्त विषयमा विहंगम बहस भएर मात्र कार्यविधिलाई कार्यान्वयनका लागि अगाडि बढाउनुपर्ने यस संघको धारणा रहेको प्रष्ट पार्दै उक्त कार्यविधि उपर यसै पत्र साथ राय सुझाव लेखी पठाइएको व्यहोरा अनुरोध छ,’ अध्यक्ष नवल खड्काले पठाएको पत्रमा भनिएको छ ।गत महिना छलफलका लागि भन्दै सेन्सर बोर्डले कार्यविधि बाहिर ल्याएको थियो । उक्त कार्यविधिमा उल्लेख भएको निर्माण इजाजत लिनुपर्ने शर्तलाई लिएर तीव्र विरोध भइरहेको छ । त्यो शीर्षकमा उल्लेखित २० बुँदा सिर्जनात्मक स्वतन्त्रतामा अंकुश लाग्ने भन्दै फिल्मकर्मी विरोधमा उत्रिएका छन् ।

सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More