मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना
मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने भएको छ ।
- विश्वास खबर ,काठमाडौं / शनिबार, बैशाख २३, २०८० ०९:३९
- विश्वास खबर ,काठमाडौं / शनिबार, बैशाख २३, २०८० ०९:३९
मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने भएको छ । सरकारले मुलुकी अपराध संहिता संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ ।
अध्यादेशले गरेको संशोधन लागू हुनअघि भएका कारोबारका आधारमा कसैले ऋणीलाई अनुचित लेनदेनको रकम असुलउपर गर्न तथा हैरानी पुर्याउन पनि रोक लगाइएको छ । राजपत्रमा प्रकाशित अध्यादेश तुरुन्तै लागू हुने र संसदको अधिवेशन बसेको ६० दिनभित्र दुवै सदनले पारित गर्नुपर्ने व्यवस्था छ ।
अध्यादेशको पुर्ण पाठ पढ्नुहोस ।