थप समाचार मेनु

बिदेशी हस्तक्षेप किमार्थ स्विकार्य छैन नेपाली भुमी भारतीय नक्सामा देखाउनु आपत्तिजनक: खनाल

- biswash media / बुधबार, जेठ २४, २०८० १७:१८

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता पुर्बप्रधानमन्त्री झलनाथ खनालले नेपाली भुमी भारतको नक्सामा देखाएको भन्दै बिरोध सहित बिग्यप्ती निकालेका छन।
२ मई २०२३ मा भारतको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राख्ने  नाउँमा लुम्बिनी र कपिलवस्तु जस्ता नेपालका अभिन्न भु-भागहरुलाई समेत भारतीय नक्सामा समेटिएको घटनाले हामी सम्पुर्ण देशभक्त नेपालीहरुको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।
यतिवेला हाम्रो दक्षिण एसिया क्षेत्रमा नेपाल, भुटान, बंगलादेश, बर्मा, श्रीलङ्का, माल्दीभ्स, पाकिस्तान र भारत लगायतका ८ वटा स्वतन्त्र मुलुकहरु छन् । यी देशहरु संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु पनि हुन । वर्तमान दक्षिण एसियाको यथार्थ यही हो । विश्वको साझा संस्था संयुक्त राष्ट्रसंघको अभिलेख तथा हामी सबैको दृश्यमा कुनै अखण्ड भारत नामको देश वा परिचित भूभाग देख्दैनौ । यस्तो नामको भु-अस्तित्व इतिहासको कुनै कालखण्डमा पनि रहेको अभिलेख छैन ।
दक्षिण एसियामा ४०० वर्ष भन्दा लामो समय ब्रिटिस साम्राज्यवादको औपनिवेशिक तथा दासतापूर्ण शासन रह्यो । त्यो कालखण्ड अघि आजको दक्षिण एसियामा सयौं स्वतन्त्र सामन्ती राज्यहरु थिए । दक्षिण एसियाका अधिकास राज्यहरू त्यसरी ब्रिटिस साम्रज्यवादको कब्जामा हुँदा पनि नेपालीहरुको मातृभूमि नेपाल एउटा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकका रुपमा थियो । अझ त्यस बेला नेपाल टिस्टादेखि सतजल नदिसम्म फैलिएको अभिलेख ग्रेटर नेपालको रुपमा इतिहासको अभिलेखमा छँदैछ ।
यो विशाल नेपाल माथि ब्रिटिस साम्राज्यवादले आक्रमण गर्दा हाम्रा वीर पुर्खाहरुले २ वर्ष सम्म कठोर सशस्त्र प्रतिरोध संघर्ष गरेर यो मुलुकको स्वतन्त्रतालाई रक्षा गरेको हो । सारा दक्षिण एसीयालाई कब्जा गर्ने साम्राज्यवादीहरु त्यसवेला नेपाल सँग सुगौली सन्धि गर्न बाध्य भए । त्यो सुगौली सन्धिले कायम गरिएको सिमा नै हाम्रो नेपालको सीमाना हो । यो सिमाना भित्र हुने कुनै पनि अतिक्रमण नेपाली मात्रलाई सहन हुन सक्दैन ।
यतिवेला भारत सरकारले आफ्नो नयाँ संसद भवनमा कथित अखण्ड भारतको जुन नक्सा अंकित गरेको छ । त्यसमा हाम्रो देशको लुम्बिनी, कपिलवस्तु लगायतका क्षेत्रलाई पनि जबरजस्त उक्त नक्सा भित्र पारिएको छ। यो भारतीय सरकारको अनाधिकृत कार्य हो । भारतको यो कदमले सम्पूर्ण नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भिर चोट पुयाएको छ र समस्त नेपालीले भारतीय सरकारवाट घोर अपमान महसुस गरेका छन् । भारतको यो कदमले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने न्युनतम मर्तलाई समेत उल्लंघन गरेको र कुटनीतिक अपमान भएको महसुस हामि नेपालिहरुले गरेका छौं । त्यसकारण हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी भारत सरकारसंग आग्रह गर्दछ कि उक्त नक्सालाई अविलम्ब सच्चाईयोस् ।
लुम्बिनी र कपिलवस्तु मात्र नभै सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, लगायतका सम्पूर्ण नेपाली भू-भागमाथिको कुनै पनि हस्तक्षेप वा दाबी बन्द गरी नेपालको राष्ट्रियता, राष्ट्रिय अस्मिता र अस्तित्व स्वीकार गर्न सचेत गराउदछौं । नेपाल माथि नै रहेका सबै प्रकारका अतिक्रमणहरुलाई बन्द गर्न समेत आग्रह गर्दै दुई देशका जनता बीचमा सदियौं देखि रहेको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ धरातलमा उभ्याई बहुआयामिक सहयोगका प्रकृयालाई अझ गहिरो र व्यापक बनाउने वातावरण निर्माण गर्न आग्रह गर्दछौं।
साथै, उपरोक्त आपतिजनक नक्सा लगायतका विषयमा अविलम्ब भारत सरकारसँग उच्चस्तरीय राजनीतिक वार्ता गरियोस् र उक्त नक्सालाई सच्याउन तथा नेपालका राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमान र राष्ट्रियतालाई अक्षुण्ण राख्ने कर्तव्य पालनामा सचेत रहन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं।

सम्बन्धित तस्बिरहरू

बिदेशी हस्तक्षेप किमार्थ स्विकार्य छैन नेपाली भुमी भारतीय नक्सामा देखाउनु आपत्तिजनक: खनाल
सम्बन्धित समाचार

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्द

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको पनि बताए । आफूले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेको भन्दै उनले आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

‘मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ । बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Read More

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।‘हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्’, उनले भने ।

Read More