थप समाचार मेनु

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको थियो होला। तर जब हामीहरू फर्किएर आयौँ, हामीले देख्यौँ कि उनी आराम गर्ने कुर्सीमा शान्तिले सुतेका थिए, सधैँका लागि।

- विश्वास खबर ,काठमाडौं / आइतबार, बैशाख १७, २०८० १४:०८

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको थियो होला। तर जब हामीहरू फर्किएर आयौँ, हामीले देख्यौँ कि उनी आराम गर्ने कुर्सीमा शान्तिले सुतेका थिए, सधैँका लागि। उनको मान्छेको मृत्युले युरोप र अमेरिकाका जुझारु, सर्वहारा वर्ग र ऐतिहासिक विज्ञानका लागि अपार क्षति भएको छ । यो ओजस्वी आत्माको महा–प्रस्थानले पैदा भएको अभाव मानिसहरुले छिट्टै नै अनुभव गर्नेछन्।

जीव प्रकृतिको क्षेत्रमा जसरी डार्विनले ‘विकास अथवा अर्ग्यानिक प्रकृतिको सिद्धान्त’ पत्ता लगाएका थिए, उसैगरी मानव इतिहासमा मार्क्सले विकासको नियम पत्ता लगाएका थिए । मार्क्सले सिधा सादा यो सत्य पत्ता लगाएका थिए। त्यतिन्जेलसम्म, विचारधाराको अतिबृद्धिले यसरी छोपेको थियो कि राजनीति, विज्ञान, कला, धर्म आदिमा लाग्नुपूर्व मानव जातिलाई गाँस, बास र कपास चाहिन्छ भन्ने अवधारणा थियो।

त्यसैले जीविकाका लागि निर्माण गरिने तत्कालिन भौतिक साधनहरुको उत्पादनकै आधारमा राजकीय संस्था, कानूनी संस्था, कला र यहाँसम्मकी धर्मसम्बन्धी धारणाहरू पनि विकसित हुने गरेका थिए। यसकाे अर्थ कुनै युगमा अथवा कुनै जातिले हासिल गरेकाे आर्थिक विकासको मात्राले राजकीय संस्था, धर्म, कला, राजनीति आदि सम्बन्धी अवधारणा बन्थ्याे। यिनै आधारको प्रकाशमा यी सबैको व्याख्या गर्न सकिन्छ। न कि यसको उल्टो, जस्तो कि अहिलेसम्म भइरहेको थियो। तर यति मात्रै होइन, मार्क्सले गतिको त्यस बिशेष नियमको खोजी गरे, जसले उत्पादनको वर्तमान पूँजीवादी प्रणाली र यस प्रणालीले उत्पन्न गराएका बुर्जुवा समाज दुवै नै नियन्त्रित छन्। अतिरिक्त मूल्यको आविष्कारले एकपटक त्यो उत्पादनको त्यस समस्याबारे प्रकाश पार्‍यो। र, सो विषयको जटिलता हल गर्ने कोसिसमा यस अघिका अन्वेषणहरू खेर गएका थिए। पूँजीवादी अर्थशास्त्रीहरूले गरेको प्रयास हुन् या समाजवादी समीक्षकहरूले, ती सबै अन्धअन्वेषण सावित भएका थिए।

केवल दुईवटा आविष्कार मात्रै पनि एउटा जीवन सार्थक हुन्छ। त्यो मानिस भाग्यशाली हो, जसलाई यस प्रकारको एक पनि आविष्कार गर्ने सौभाग्य प्राप्त हुन्छ । तर जुनजुन क्षेत्रमा मार्क्सले खोजी गरे, ती खोजीमध्ये कुनै पनि क्षेत्रको खोजी सतही थिएन। यहाँसम्म कि मार्क्सले गणितमा समेत स्वतन्त्र रूपमा अध्ययन गरे। त्यस्ता वैज्ञानिक थिएमार्क्स। तर उनको वैज्ञानिक रूप उनको जीवनको आधा अंश पनि थिएन। मार्क्सका लागि विज्ञान ऐतिहासिक रूपले एक गतिशील र क्रान्तिकारी शक्ति थियो ।

वैज्ञानिक सिद्वान्तहरूमा, कुनै नयाँ खोजको व्यवहारिक प्रयोगबारे अनुमान लगाउन तत्कालै सम्भवै नभएपनि उनी नयाँ खोजीहरूमा आनन्द मान्थे। तर त्यस्ता खोजहरूमा मार्क्स साह्रै खुशी हुन्थे, जसको आविस्कारका कारण समाजमै तत्कालै प्रभावहरू देखिन्थे। खासगरी ऐतिहासिक विकासका कुरामा ! त्यस्ता अवस्थामा भने उनलाई बिल्कुलै फरक खालको प्रसन्नताको अनुभव हुन्थ्यो। उदाहरणका लागि विजुलीका क्षेत्रमा भएका आविष्कारको विकास क्रम र खासगरी त्यतिखेरसम्म मर्सेल देप्रेले गरेको आविष्कारबारे मार्क्सले निकै गहिरोसँग अध्ययन गरिरहेका थिए।

मार्क्स सर्वोपरि क्रान्तिकारी थिए। जीवनमा उनको खास उद्देश्य कुनै न कुनै किसिमले पूँजीवादी समाज र त्यसबाट पैदा हुने राजकीय संस्थाको ध्वंस गर्नमै थियो। आधुनिक सर्वहारा वर्गलाई स्वतन्त्र गर्नमा उनको योगदान थियो। र, सर्वहाराहरूलाई सबैभन्दा पहिले मार्क्सले नै आफ्नो स्थिति र आवश्यकताहरूप्रति सचेत गर्दै बताएका थिए कि, किन र कुन अवस्थामा उनीहरूको मुक्ति हुनसक्छ? संघर्ष गर्नु मार्क्सको स्वभाविक गुण थियो। र, उनले त्यस्तो जोस, लगन र यस्तो सफलताका साथ संघर्ष गरे, जसको कुनै प्रतिद्वन्दी नै छैन।

सबैन्दा पहिले उनले सन् १८४२ मा पेरिसको राइनिस जाइटुङ, १८४४मा पेरिसको वोरवार्ट्स, १८४७ मा डायचे ब्रसलेर जाइटुङ, १८४८–१८५१ मा न्यु राइनिस जाइटुङ र १८५२–१८६१ मा न्यूवोर्क डेली ट्रव्युनमा उनले गरेका काम र तीसँगै अनेकौंजोशिला पुस्तकको रचना तथा पेरिस, ब्रेसेल्स र लण्डनका संगठनहरूमा उनको काम लोभलाग्दो थियो। अन्ततः उनको चरम उपलब्धीका रूपमा ‘महान अन्तर्राष्ट्रिय मजदुर संघ’को स्थापना हुनपुग्यो। यो आफैंमा यति ठूलो उपलब्धि थियो कि यस सँगठनका संस्थापले अरु केही पनि कामै नगरेको भए पनि यो विषयमा त्यति धेरै गर्व गर्न सकिन्थ्यो। यो सबको फलस्वरुप मार्क्स आफ्नो युगका सबैभन्दा बढी विद्वेष र लाञ्छनाहरुका शिकार पनि भए।

निरंकुशतावादी र जनतन्त्रवादी दुबै तर्फका सरकारहरूबाट उनलाई राज्य निकाला गरियो। रुढिवादी हुन् या घोरजनवादी बुर्जुवाहरू, ती सबैले मार्क्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिष्पर्धा गर्दथे। तर मार्क्स यी सबैलाई वेवास्ता गर्दै आफू आफ्नै कार्य गरिरहन्थे। अति आवश्यकता परेको अवस्थामा मात्रै तिनीरूको उत्तर दिन्थे।

र, ती महान पुरुष अब यस संसारमा रहेनन्। साइबेरियाका खानीदेखि लिएर क्यार्लिफोनियासम्म, युरोप र अमेरिकाका सबै क्षेत्रमा उनका लाखौं क्रान्तिकारी मजदुर साथीहरू जो मार्क्सलाई माया गर्थे, उनीप्रति श्रद्वा राख्थे, आज उनको निधनमा आँशु बगाइरहेका छन्। म यतिसम्म भन्न सक्छु कि उनका धेरै बिरोधीहरू भए पनि व्यक्तिगत शत्रु बिरलै थियो होला।

उनको नाम युगौँयुगसम्म अमर रहनेछ, त्यसरी नै उनको काम पनि अमर रहनेछ।

(एंगेल्सले हाइगेट समाधिस्थल, लण्डनमा १७ मार्च १८८३ मा अंग्रेजीमा गरेको भाषण।)

सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्द

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको पनि बताए । आफूले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेको भन्दै उनले आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

‘मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ । बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Read More

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।‘हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्’, उनले भने ।

Read More