थप समाचार मेनु

मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो

गोरखाको उत्तरी भागमा रहेको चुमनुव्री गाउँपालिकास्थित  मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका त्यहाँका स्थानियले..

- विश्वास खबर / आइतबार, बैशाख ९, २०८१ १०:५८

गोरखाको उत्तरी भागमा रहेको चुमनुव्री गाउँपालिकास्थित  मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका त्यहाँका स्थानियले जानकारी दिएका छन्।

‘ताल फुटेको जानकारी पाएका छौं। ताल फुटेर सामागाउँको काठेपुल बगाएको जानकारी पाएका छौं। अहिलेसम्म बस्तीमा चाहिँ क्षति पुगेको छैन,’ गाँउपालिकाका अध्यक्षा नीमा लामाले भने।

त्यहाँका प्रहरी प्रमुख अञ्जन पौडेलले तालमा हिउँको ढिक्का र चट्टान थुप्रिएको बताउनु भयो । उनका अनुसार तालबाट पानी गहिरिएर बगेको छ । ‘मनास्लु बेसक्याम्पबाट हिउँ पहिरो गयो । तालमा हिउँ खस्यो । ढिक्का र चट्टान तालमा छ । पानी र हिउँको आकार बढी भएर बाटो खोज्ने क्रममा ताल बग्ने खोला अझै गहिरो बनाएर खोलिएको छ,’ । 
वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ।

‘ताल फुटेको नभइ तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको छ। हामीले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन भनेका छौं। बाढी धेरै ठूलो छैन। वर्षामा आउने भेलजस्तै रहेको स्थानीयले बताएका छन्,’ उनले भने। 

सम्बन्धित समाचार

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध

बिस्वास खबर ,
गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

- / आइतबार, बैशाख २३, २०८१

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छ

बिस्वास खबर  – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

Read More