थप समाचार मेनु

धरहरा पार्किङको बिषय पेचिलो बन्दै मेहर बालेन आक्रोशित

- विश्वास खवर / मंगलबार, माघ २३, २०८० १०:४6

विश्वास खवर।
धरहराको निशुल्क पार्किङ अहिले प्रयोग नगर्न पत्र आएपछि बालेन आक्रोशित हुँदै लेख्छन् : २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे " । 
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, 'धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।' 
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ  ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर  नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौ महानगरमा रहुन्जेल  कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

सम्बन्धित समाचार

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्द

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको पनि बताए । आफूले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेको भन्दै उनले आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

‘मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ । बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Read More

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।‘हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्’, उनले भने ।

Read More