थप समाचार मेनु

नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ ।

- / शुक्रबार, फागुन १८, २०८०

बिस्वास खबर । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।

नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित  १०१ रनको शतकीय इनिङ खेलेका थिए ।

बिहीबार माइकल लेभिटले १३५ रनको सानदार शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो ।रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ ।नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्नसक्छ । ब्याटिङ बलियो बनाउन अनिल शाहलाई मौका दिंदा सन्दीप जोरालाई बाहिर गर्न सक्छ । जोरा नामिबियासँग ५ र नेदरल्यान्ड्ससँग ८ रनमा आउट भएका थिए ।

कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । आज पनि उनलाई मौका दिने देखिन्छ । उनीबाट आज नेपाल ठूलो इनिङ चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । नेदरल्यान्ड्सविरुद्ध खेलेको ३४ बलमा ६३ रनको इनिङले मनोबल झनै बढ्नेछ । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ ।बलिङ नेपालको समस्या देखिएको छ । पावर प्लेमा करण केसी र सोमपाल कामीले राम्रो बलिङ गर्न आवश्यक देखिन्छ ।

उता नामिबियाका जेराल्ड इरास्मस पूर्णरुपमा फिट नहुँदा सुरुवाती दुई टी-२० आई खेल खेलेका थिएनन् । उनी फर्किएको खण्डमा नामिबिया थप मजबुत बन्नेछ । जेजे स्मित प्रमुख हतियार हुन् । ठूला सटको क्षमता राख्ने उनको विकेट समयमै लिन आवश्यक पर्दछ ।

नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक पर्दछ । आजको खेलमा जित बाहेक अन्य विकल्प छैन । नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्यान्ड्स फाइनल खेल्ने पक्का हुनेछ । एजेन्सी

सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्द

बिस्वास खबर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।

३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।

संसदमा आफूलाई विश्वासको मत दिने सांसद संख्या घटबढ भइरहे पनि विश्वासको मत पाउनेमा आशंका नरहेको उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको पनि बताए । आफूले सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेको भन्दै उनले आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।

‘मैले केही दिनदेखि लगातार समीकरण भित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । यो सहमतिको तहमा जाओस् र समाधान होस् भनेर छलफल भइरहेको छ । बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो र अहिले नेकपा एमालेसँग छलफल छ । बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Read More

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

- / शनिबार, जेठ ५, २०८१

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा

बिस्वास खबर  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।‘हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्’, उनले भने ।

Read More