डडेलधुरामा हैजा देखियो
- शमशेर शाक्य /
- शमशेर शाक्य /
डडेलधुराको परशुराम नगरपालिकामा हैजा भेटिएको हो।परशुराम नगरपालिकामा झाडापखाला फैलिए पछि गरिएको नमुना परीक्षणमा एक जना बिरामीलाई हैजा भएको देखिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वैशाखको अन्तिम हप्ता त्यहाँ झाडापखाला फैलिएको थियो ।
एक सय ५० जनाभन्दा धेरै बिरामी परेका थिए । झाडापखालाका कारण १४ वर्षकी सङ्गीता धामीको ज्यान समेत गएको थियो । उपचारमा ढिलाइ गर्दा बालिकाको ज्यान गएको हो । शरीरमा पानीको मात्रा निकै कम भएकाले बालिकाको ज्यान गएको डाक्टरले बताएका छन् । अहिले भने झाडापखाला नियन्त्रणमा आएको छ । तर, हैजासमेत देखिएकाले जोखिम उस्तै छ । प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्य इकाईको टोली निगरानीमा खटिएका छन् ।